+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १३ गते १६:५३

१३ पुस, काठमाडौं। वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका-७ घर भई हाल काठमाडौंको चण्डोलमा बस्‍ने २८ वर्षीय चिना कोयी राई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चण्डोलबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १२ लाख ९१ हजार रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया लैजाने भन्‍दै ठगी गरेको उनीमाथि आरोप थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?