+
+

बालगृहलाई सहयोग गर्न म्याराथन प्रतियोगिता

इन्जिनियरिङ अध्ययन संस्थान ‘पुल्चोक गर्ल्स’ ले म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १७ गते २०:११
प्रतीकात्मक तस्वीर

१७ पुस, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान ‘पुल्चोक गर्ल्स’ ले म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी शनिबार हुने म्याराथनमा ५ सय बढी सहभागी हुने कार्यक्रम संयोजक सुजिता शर्माले बताइन् ।

‘प्रतियोगितमा भाग लिनेका लागि १ सय शुल्क तोकिएको छ । यसबाट उठेको पैसा बालगृहलाई सहयोग गर्छौं,’ उनले भनिन् ।

म्याराथान पुल्चोक क्याम्पसबाट सुरु भएर ७ किलोमिटर दौडिएपछि पुल्चोकमै आएर सकिनेछ । उनका अनुसार कार्यक्रम बिहान ७ बजे हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाउने छन् ।

पुल्चोक गल्र्स समितिमा क्याम्पसमा अध्ययनरत २७ जना छात्रा छन् । यो समितिले यसअघि दुई पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?