
१९ पुस, काठमाडौं । कुमारी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4