
२१ पुस, काठमाडौं । छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा ४९ वर्षीय लिलाबहादुरको हत्या गरेको आरोप छ ।
डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसपछि प्रहरीले बुबालाई पक्राउ गरेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4