३ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०२५ अन्तर्गत पुरुषतर्फ नेपालले बंगलादेशसँग क्वाटरफाइनलमा खेल्ने भएको छ ।
बंगलादेश समूह सी को विजेता तथा नेपाल समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनल खेल्न लागेका हुन् । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा अन्य तीन खेल जितेको थियो ।
नेपालले दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
महिलातर्फ पनि नेपालले लगातार चार खेल जित्दै क्वाटरफाइनलमा पुगिसकेको छ ।
 
                    










 २०८१ माघ  ३ गते १९:५१
                        २०८१ माघ  ३ गते १९:५१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4