४ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०२५ अन्तर्गत नेपालको पुरूष टोली पनि सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । सेमिफाइनल खेल शनिबार साँझ हुनेछ । क्वाटरफाइनलमा नेपालका राजन बल उत्कृष्ट खेलाडी तथा समिर चन्द उत्कृष्ट डिफेन्डर घोषित भए ।
नेपाल समूह ए को उपविजेताका रूपमा क्वाटरफाइनल खेलेको थियो । नेपाल समूह चरणको पहिलो खेलमा भारतसँग पराजित हुँदा दोस्रो खेलमा पेरू, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।
महिलातर्फ पनि नेपालको टोली क्वाटरफाइनलमा इरानलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया 4