१६ माघ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सावित्री किसन एन्फा महिला लिगको उत्कृष्ट गोलकिपर घोषित भएकी छिन् । नियमित गोलकिपर एन्जिला सुब्बा तुम्बापोको अनुपस्थितिमा पोष्ट सम्हालेकी उनले उनले एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरिन् ।
उनले नगद ५० हजार प्राप्त गरिन् ।
एपीएफले अपराजित रहँदै एन्फा लिगको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फर्म्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
 
                    










 २०८१ माघ  १६ गते १७:०२
                        २०८१ माघ  १६ गते १७:०२                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4