+
+

सक्कली प्रहरीको सलाम खाँदै हिँडेका नक्कली इन्सपेक्टरविरुद्ध मुद्दा

नक्कली इन्सपेक्टर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँ घर भएका ४६ वर्षीय रत्न लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १८:३२

१८ माघ, काठमाडौं। सक्कली प्रहरीको सलाम खाँदै हिँडेका नक्कली इन्सपेक्टरविरुद्ध मुद्दा दायर भएको छ ।

नक्कली इन्सपेक्टर काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा, कोटेश्वरमा रहेको मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक ४४ वर्षीय किशोरकुमार चौधरी र तनहुँ घर भएका ४६ वर्षीय रत्न लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ठगी र लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएका थापा र चौधरी पक्राउ परेका छन् भने लामिछानेलाई भने फरार प्रतिवादी बनाइएको छ ।

इन्सपेक्टरको बर्दी लगाउँदै प्रहरी कार्यालय समेत जाने गरेका थापा सक्कली प्रहरीको समेत सलाम खान्थे । प्रहरी चौकी नरेफाटका एक प्रहरी जवानसँग नक्कली इन्सपेक्टर बर्दी लगाएको फोटो समेत खिचेका थिए । उक्त तस्वीर भेटिएपछि प्रहरीले ती जवानसँग समेत बयान लिएको थियो । सो क्रममा ती जवानले इन्सपेक्टरको बर्दी लगाएका थापा आफ्नो कार्यालयमा आएपछि सक्कली इन्सपेक्टर भएको भन्दै फोटो खिच्न तयार भएको बताएका थिए ।

ती जवानका अनुसार थापाले नै जवानसँग फोटो खिच्ने प्रस्ताव गरेका थिए । नक्कली इन्सपेक्टरलाई २२ पुसमा पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

थापाले इन्सपेक्टरको नक्कली परिचयपत्र देखाउने, प्रहरी पोशाक समेत देखाउने र उच्च पदस्थ व्यक्तिसँग खिचिएका तस्वीर समेत देखाएर ठगी गर्ने गरेको पाइएको छ । क्यानडा र अष्ट्रेलिया पठाउने भन्दै एक व्यक्तिबाट १४ लाख ३० हजार रुपैयाँ नक्कली इन्सपेक्टरले ठगी गरेको गरेको खुलेको छ । फरार रहेका लामिछाने भने उनकै सहयोगी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इन्सपेक्टर भएको, विशेष बढुवा भएको लगायत कागजात बनाउने काम भने चौधरीले गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?