१९ माघ, काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरूषतर्फ रामचन्द्र महतारा र महिलातर्फ सिनिमा शेर्पा पहिलो भएका छन् ।
रानीकोटमा सुरू भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरूषमा रामचन्द्रले निर्धारित दूरी चार घन्टा २४ मिनेट ५८ सेकेन्डमा पूरा गरे । विशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरिन् । यसैगरी उपविजेतामा चित्त बुझाएकी अमेरिकाकी सोन्या मार्टिनले पाच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धावकधाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया 4