 
																			२९ माघ, काठमाडौं । पानीको इनार खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँ टौखेल शालिकमार्गस्थित एक घरमा इनार खन्ने क्रममा पुरिएर कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको इनरुवा गाउँपालिका–५ का ४० वर्षीय लिडे उराँव रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार सुमित्रा शर्मा पौडेको घरको कम्पाउन्डमा निर्माणाधीन इनारमा पुरिएको उनको मृत्यु भएको हो ।
माथिबाट माटो खसेर पुरिएपछि अचेत भएका उनलाई तत्काल काठमाडौंको सतुंगलस्थित नेपाल एपीएफ अस्पतालमा लगिएको थियो ।
कामदार पुरिएको सुचना पाएसँगै नेपाल प्रहरी र सशस्त्रको विपद् व्यवस्थापनको टोली खटिएर कामदारको उद्धार गरेर अस्पताल पुर्याएको थियो ।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4