+
+
Shares

सहमति नजिक निजामती विधेयक : उपसचिवसम्म मात्रै खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २०:४२
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा

४ चैत, काठमाडौं । संघीय निजामती विधेयकमा दलहरू सहमती नजिक पुगेको नेताहरूले बताएका छन् । यो विधेयक राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गत गठित उपसमितिमा छलफलमा छ ।

नेताहरूका अनुसार उपसचिवसम्म मात्रै खुला प्रवेश रहने विषयमा सहमति जुटेको छ । अन्य कतिपय विषयमा छलफल चलिरहेको बताइएको छ ।

राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा चैत १२ गतेसम्म विधेयकमा सहमति टुंगो लगाउने प्रयासमा रहेको बताउँछन् ।

उनका अनुसार उपसमितिले गृहकार्य गरिरहेको छ ।

गत फागुन ९ गते राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरेको थियो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा गठित उपसमितिमा सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?