+

हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित

२०८१ चैत  २५ गते २३:५६ २०८१ चैत २५ गते २३:५६
हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित

२५ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले तेस्रो जित निकालेको छ । सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जित निकालेको हो ।

बेंगलुरुले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनायो । तिलक वर्माले २९ बलमा ५६ तथा कप्तान हार्दिक पान्ड्याले १५ बलमा ४२ रनको आक्रामक पारी खेल्दै शानदार साझेदारी बनाएपनि पर्याप्त हुन सकेन ।

१२औं ओभरमा ९९-४ को अवस्थामा रहेको मुम्बईका लागि तिलक र हार्दिक मिलेर पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । अन्तिम २ ओभरमा २८ रन आवश्यक रहँदा हार्दिक क्याचआउट भए भने त्यसपछि अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका क्रुनालले त्यस ओभरमा ३ विकेट लिँदै जित पक्का गरे ।

बेंगलुरुका लागि क्रुनालले ४ ओभरमा ४५ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र यश दयालले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो । विराट कोहलीले ६७ तथा कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए ।

आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४० रन बनाएका जितेश शर्मा नटआउट रहे । देवदत पडिक्कलले ३७ रन बनाए । मुम्बईका कप्तान हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा विग्नेश पुथुरले १ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र रहेको मुम्बई आठौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय