 
																			११ वैशाख, गोरखा। अवैध विदेशी मुद्रा ओसारपसार मुद्दाका कारवाही तोकिएका फरार अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका वडा नम्वर २ ल्होका ४४ वर्षीय सोनाम दोर्जे लामा रहेको प्रहरीले जनाएको छ ।
उनलाई २०७८ साल असोज १० गते गोरखा जिल्ला अदालतले अवैध बिदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ हजार ७९० रुपैया जरिवाना तोकेको थियो ।
त्यसयता उनी फरार थिए । उनलाई पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालयले गठन गरेको फैसला कार्यान्वयन बिशेष टोलीले उनलाई बुधवार पक्राउ गरेको हो ।
जरिवाना भुक्तानका लागि लामालाई बिहीवार गोरखा जिल्ला अदालतमा बुझाइएको र जरिवाना रकम भुक्तान गर्न नसकेकाले उनलाई १० वर्ष कैदको आदेश गरी भुक्तानका लागि कारागार पठाइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4