+
+
Shares

आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १३:४०

१८ वैशाख, काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरूलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताए ।
आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ ।

‘हामीले श्रमिकको हितमा काम गर्नुपर्छ । हामीले कसरी उहाँहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने ? वैदेशिक रोजगरीमा जना बाध्य युवाहरुलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ,’ उनले भने, ‘आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ ।’

मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे ।

‘अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एकैठाउँदेखि तालिम प्रदान गर्नेकुरा आउनुपर्छ । अहिले पनि कुनैपनि सीपबिना वैदेशिक रोजगारमा जाने साथिहरुले धेरै समस्याहरू भोग्नुपरेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?