+

बुढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

२०८२ वैशाख  १८ गते १५:३२ २०८२ वैशाख १८ गते १५:३२
बुढानीलकण्ठ फाइट नाइटको तयारी पूरा

१८ वैशाख, काठमाडौं । यही वैशाख २० गते हुने बुढानीलकण्ठ फाइट नाइटको तयारी पूरा भएको छ । बुढानीलकण्ड हात्तिगाैडा खेलकुद कमिटीको आयोजनामा हुने फाइट नाइटको सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नेपाल बाहेक भारत र थाइल्याण्डका खेलाडी पनि सहभागी हुने आयोजक कमिटीका अध्यक्ष निलम अधिकारी (श्री) ले जानकारी दिए ।

अन्तर्राष्ट्रिय खेलाडीहरु बोलाएर नेपाली खेलाडीहरुसँग प्रतिस्पर्धा गराउने र नेपाली खेलाडीको स्तर पनि बढाउने अवसरको रुपमा रहेको अधिकारीले बताए ।

प्रतियोगिताको मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादा रकमितबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र विदेशी खेलाडीबीच सात फाइट हुनेछ । दुई फाइट भने नेपाली खेलाडीबीच हुनेछ । महिलाको दुई फाइट हुनेछ । फाइट हेर्नका लागि कुनै प्रवेश शुल्क लाग्ने छैन ।

बुढानीलकण्ठ नगरपालिका वडा ८ का अध्यक्ष सुमन तामाङले बुढानिलकण्ठ खेलकुदको हब बन्दै गइरहेको र विभिन्न खेलमा यस क्षेत्रका खेलाडीहरु सहभागी हुँदै आएको बताए ।

बुढानीलकण्ठ फाइट नाइट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय