+

खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाइने, पदक विजेता खेलाडी र परिवारलाई छात्रवृत्ति

२०८२ वैशाख  १९ गते १६:१७ २०८२ वैशाख १९ गते १६:१७
खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाइने, पदक विजेता खेलाडी र परिवारलाई छात्रवृत्ति

१९ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमको कार्यक्रमहरू समावेश गरेको छ । शुक्रबार जारी भएको नीति तथा कार्यक्रममा उक्त विषयहरू समावेश गरिएको हो ।

जसअनुसार संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र खेलाडीको सहभागिता कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

रंगशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ ।

खेलकुदलाई निजी क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमसँग पनि जोडिने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई आधुनिक स्तरको क्रिकेट मैदानमा रुपान्तरण गरिने कुरा समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था पनि मिलाइने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय