+

फ्रेजर-मेगर्क आईपीएलका लागि नफर्कने, मुस्तफिजुर भित्रिए

२०८२ वैशाख  ३१ गते २१:०२ २०८२ वैशाख ३१ गते २१:०२
फ्रेजर-मेगर्क आईपीएलका लागि नफर्कने, मुस्तफिजुर भित्रिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाका ब्याटर जेक फ्रेजर-मेगर्क आईपीएलको बाँकी खेलका लागि नफर्कने भएका छन् र उनको स्थानमा बंगलादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई टोलीमा भित्र्याइएको छ।
  • दिल्ली क्यापिटल्सले मुस्ताफिजुरलाई ६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ र उनले आईपीएलमा ५७ खेलमा ६१ विकेट लिएका छन्।
  • आईपीएलले संशोधित नियम अनुसार, टोलीहरूले अन्तिम चरणका लागि अस्थायी प्रतिस्थापन खेलाडी साइन गर्न सक्छन्, तर ती खेलाडीहरू आगामी सिजनको लागि रिटेन्सन योग्य हुने छैनन्।

३१ वैशाख, काठमाडौं । अष्ट्रेलियाका ब्याटर जेक फ्रेजर-मेगर्क आईपीएलको बाँकी खेलका लागि नफर्कने भएका छन् । दिल्ली क्यापिटल्सले उनको स्थानमा बंगलादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई टोलीमा भित्र्याएको छ।

भारत-पाकिस्तानबीचको सीमा तनावका कारण एक हप्ताको लागि स्थगित भएको आईपीएल २०२५ पछि फ्रेजर-मेगर्कले बाँकी सिजन नखेल्ने निर्णय गरेका थिए।

दिल्ली क्यापिटल्सले मुस्ताफिजुरलाई ६ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो। मुस्ताफिजुरले आईपीएलमा हालसम्म ५७ खेल खेलेका छन् र ६१ विकेट लिएका छन्। तीमध्ये १० खेल उनले २०२२ र २०२३ सिजनमा दिल्ली क्यापिटल्सकै लागि खेलेका थिए।

दिल्लीले अर्का अस्ट्रेलियन मिचेल स्टार्क र दक्षिण अफ्रिकाका फाफ डुप्लेसी र ट्रिस्टन स्टब्सको भने अझै निर्णय पर्खिरहेको छ ।

हालै संशोधित आईपीएल नियम अनुसार, अन्तिम चरणका लागि टोलीहरूले अस्थायी प्रतिस्थापन खेलाडी साइन गर्न पाउनेछन। तर, यी खेलाडीहरू आगामी सिजनको लागि रिटेन्सन योग्य हुने छैनन्। उनीहरूलाई २०२६ को आईपीएल अक्सनमा दर्ता हुनैपर्नेछ।

दिल्ली क्यापिटल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय