+
+
Shares
हितेन्द्रलाई विष्णु रिमालको सुझावः :

‘बलेको बत्तीमुनि बसेर बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै छ’

रिमाल भन्छन्– अहिले सेवा भन्दा कथा बनाउनेहरू चर्चामा छन्

बिजुली कसरी आयो भन्ने थाहा नपाई समाजले बिजुली ल्याइदिने देवता खडा गरेको विष्णु रिमालको टिप्पणी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाजमा सेवा गर्नेभन्दा कथा बनाउने गिरोह सक्रिय रहेको रिमालले बताएका छन्।
  • सामाजिक सञ्जालमा बिजुलीको समस्या र प्राधिकरणको कार्यप्रति भ्रम फैलाउने प्रयास भइरहेको छ।
  • शाक्यको काबिल र इमान्दार कार्यप्रति रिमालले प्रशंसा गर्दै, समाजमा सकारात्मक परिवर्तनको आवश्यकता औंल्याएका छन्।

४ जेठ, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजमा सेवा दिने भन्दा कथा बनाउनेहरू चर्चामा रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सामाजिक सञ्जालमार्फत आइतबार सुझाव दिँदै रिमालले यस्तो बताएका हुन् ।

समाजलाई कामको प्रतिफल दिनेभन्दा समाजमा न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय रहेको उनको जिकिर छ ।

‘समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायामुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ,’ उनले भनेका छन्, ‘अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् । यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन—किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।’

प्राधिकरणको कार्यकारीमा शाक्य नियुक्त भएयता बिजुली गइरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुने गरेको छ । त्यसलाई रिमालले सामाजिक सञ्जालमा न्यारेभिट निर्माणमा खटाइएका व्यवसायीले छरेको भ्रम बताएका छन् ।

‘देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्,’ रिमालको दावी छ ।

बिजुली कसरी आयो भन्ने थाहा नपाई समाजले बिजुली ल्याइदिने देवता खडा गरेको रिमालको जिकिर छ ।

शाक्य काबिल र इमान्दार रहेको चर्चा गर्दै उनले भनेका छन्, ‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्‍याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । सजग रहनुहोला, बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदैछ । बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?