News Summary
Generated by OK AI. Editorially reviewed.- बी डिभिजन लिगमा श्री कुमारी क्लबको कप्तान र गोलकिपर रहेका रोशन खड्काले सन्यास घोषणा गरेका छन् ।
- श्री कुमारी क्लबले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेपछि रेलिगेसनबाट जोगिएको छ ।
- लिगमा रोशन खड्काले १२ मध्ये ११ खेलमा पूरा समय मैदानमा बिताए भने ९ खेलमा कप्तानी गरेका थिए।
५ जेठ, काठमाडौं । बी डिभिजन लिग खेलिरहेका श्री कुमारी क्लबका गोलकिपर तथा कप्तान रोशन खड्काले सन्यास घोषणा गरेका छन् ।
हाल भइरहेको शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत १२औं चरणको खेलमा सोमबार सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेपछि रोशनले सन्यास घोषणा गरेका हुन् ।
दशरथ रंगशालमा भएको खेलमा सरस्वती क्लबलाई पराजित गरेपछि श्री कुमारी रेलिगेसनबाट जोगिएको छ र बी डिभिजनमा रहन सफल भएको छ ।
उनले सरस्वतीविरुद्ध पूरा समय मैदानमा बिताएका थिए ।
उनले यस सिजन बी डिभिजन लिगमा श्री कुमारीका लागि १२ मध्ये ११ खेल खेलेका थिए । त्यसमा ९ खेलमा कप्तानको भूमिकामा थिए ।
पहिलो खेल खेलेका थिएनन् भने दोस्रो र तेस्रो खेलमा यज्ञ प्रधानले कप्तानी गर्दा रोशन खड्का गोलकिपरको भूमिकामा मात्र थिए ।
उनले ए डिभिजन लिग क्लब नेपाल पुलिस क्लबबाट पनि खेलिसकेका छन् ।
धरानको मित्र मिलन क्लबबाट फुटबल खेल्न सुरु गरेका रोशनले त्यसपछि फ्रेण्ड्स क्लबबाट दुई वर्ष खेले । फ्रेण्ड्सबाट नेपाल पुलिस क्लब पुगेका उनले त्यहाँ ९ वर्ष बिताए । दुई वर्षअघि दुबई गएका रोशनले यस पटक नेपाल फर्केर श्री कुमारीबाट बी डिभिजन लिग खेलेका हुन् ।
प्रतिक्रिया 4