+

स्टोइनिस, इङ्लिस र हार्डीसहित जेमिसन पञ्जाबको टोलीमा जोडिँदै

२०८२ जेठ  ६ गते १५:५४ २०८२ जेठ ६ गते १५:५४
स्टोइनिस, इङ्लिस र हार्डीसहित जेमिसन पञ्जाबको टोलीमा जोडिँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्जाब किङ्सले अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस, जोश इङ्लिस, आरोन हार्डी र काइल जेमिसनलाई आगामी आईपीएल खेलका लागि टोलीमा समावेश गरेको छ।
  • यी खेलाडीहरू शनिबार हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलका लागि उपलब्ध हुनेछन् र टोलीले प्लेअफमा स्थान बनाउन प्रयासरत छ।
  • स्टोइनिस र इङ्लिसले यस सिजन थोरै खेल खेलेका छन् भने हार्डी र जेमिसन चोटका कारण बाहिरिएका थिए।

६ जेठ, काठमाडौं । पञ्जाब किङ्सका अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस, जोश इङ्लिस, आरोन हार्डी आईपीएलका लागि पुन: भारत फर्किएका छन् भने नयाँ अनुबन्धित खेलाडी काइल जेमिसन पनि भारत आइपुगेका छन् ।

उनीहरू चारैजना मंगलबार टिममा औपचारिक रूपमा सामेल हुने भएका छन्। यी सबै खेलाडीहरू आगामी शनिबार हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलका लागि उपलब्ध हुने क्रिकेट समाचार संस्था क्रिकइन्फोले जनाएको छ ।

पञ्जाबले सन् २०१४ यता पहिलोपटक प्लेअफमा स्थान बनाएको हो र अब टप-२ मा पुग्ने लक्ष्यसहित बाँकी लिग खेलहरू खेल्दैछ। स्टोइनिस र इङ्लिसले यस सिजन थोरै खेल पाएका छन्।

स्टोइनिसले ७ इनिङमा १६७.३४ को स्ट्राइक रेटका साथ ८२ रन बनाएका छन् भने इङ्लिसले ६ इनिङमा १३९.३९ को स्ट्राइक रेटसहित ९२ रन बनाएका छन्। अलराउन्डर हार्डीले खेल खेल्न बाँकी नै रहँदा तीव्र गतिका बलर जेमिसन लोकी फर्गुसन चोटका कारण बाहिरिएपछि अनुबन्धित भएर आएका हुन् ।

हाल टिममा रहेका दक्षिण अफ्रिकी खेलाडी मार्को यान्सेन वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलका लागि स्वदेश फर्कने भएकाले प्लेअफका लागि उपलब्ध हुने छैनन् । प्लेअफमा जेमिसनले मौका पाउन सक्छन् ।

पञ्जाबको बाँकी विदेशी खेलाडीहरूमा अज्मतुल्लाह ओमरजाई, जेभियर बार्ट्लेट र मिचेल ओवेन रहेका छन्। दिल्लीसँगको खेलपछि पञ्जाबले लिग चरणको अन्तिम खेल मे २६ मा मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ।

पञ्जाब किङ्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय