+

स्टोइनिस, इङ्लिस र हार्डीसहित जेमिसन पञ्जाबको टोलीमा जोडिँदै

२०८२ जेठ  ६ गते १५:५४ २०८२ जेठ ६ गते १५:५४
स्टोइनिस, इङ्लिस र हार्डीसहित जेमिसन पञ्जाबको टोलीमा जोडिँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्जाब किङ्सले अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस, जोश इङ्लिस, आरोन हार्डी र काइल जेमिसनलाई आगामी आईपीएल खेलका लागि टोलीमा समावेश गरेको छ।
  • यी खेलाडीहरू शनिबार हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलका लागि उपलब्ध हुनेछन् र टोलीले प्लेअफमा स्थान बनाउन प्रयासरत छ।
  • स्टोइनिस र इङ्लिसले यस सिजन थोरै खेल खेलेका छन् भने हार्डी र जेमिसन चोटका कारण बाहिरिएका थिए।

६ जेठ, काठमाडौं । पञ्जाब किङ्सका अस्ट्रेलियन खेलाडी मार्कस स्टोइनिस, जोश इङ्लिस, आरोन हार्डी आईपीएलका लागि पुन: भारत फर्किएका छन् भने नयाँ अनुबन्धित खेलाडी काइल जेमिसन पनि भारत आइपुगेका छन् ।

उनीहरू चारैजना मंगलबार टिममा औपचारिक रूपमा सामेल हुने भएका छन्। यी सबै खेलाडीहरू आगामी शनिबार हुने दिल्ली क्यापिटल्सविरुद्धको खेलका लागि उपलब्ध हुने क्रिकेट समाचार संस्था क्रिकइन्फोले जनाएको छ ।

पञ्जाबले सन् २०१४ यता पहिलोपटक प्लेअफमा स्थान बनाएको हो र अब टप-२ मा पुग्ने लक्ष्यसहित बाँकी लिग खेलहरू खेल्दैछ। स्टोइनिस र इङ्लिसले यस सिजन थोरै खेल पाएका छन्।

स्टोइनिसले ७ इनिङमा १६७.३४ को स्ट्राइक रेटका साथ ८२ रन बनाएका छन् भने इङ्लिसले ६ इनिङमा १३९.३९ को स्ट्राइक रेटसहित ९२ रन बनाएका छन्। अलराउन्डर हार्डीले खेल खेल्न बाँकी नै रहँदा तीव्र गतिका बलर जेमिसन लोकी फर्गुसन चोटका कारण बाहिरिएपछि अनुबन्धित भएर आएका हुन् ।

हाल टिममा रहेका दक्षिण अफ्रिकी खेलाडी मार्को यान्सेन वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलका लागि स्वदेश फर्कने भएकाले प्लेअफका लागि उपलब्ध हुने छैनन् । प्लेअफमा जेमिसनले मौका पाउन सक्छन् ।

पञ्जाबको बाँकी विदेशी खेलाडीहरूमा अज्मतुल्लाह ओमरजाई, जेभियर बार्ट्लेट र मिचेल ओवेन रहेका छन्। दिल्लीसँगको खेलपछि पञ्जाबले लिग चरणको अन्तिम खेल मे २६ मा मुम्बई इन्डियन्सविरुद्ध खेल्नेछ।

पञ्जाब किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय