+
+
Shares

सहकार्य गरेर अघि बढ्न रास्वपालाई राजावादीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकार्यको प्रस्ताव गरेको छ।
  • सहकार्यको प्रस्ताव पत्रमा समितिले वर्तमान व्यवस्थामा न्यायिक र संवैधानिक अंगहरू दलीय हस्तक्षेपको शिकार भएको बताएका छन्।
  • आन्दोलनले १५ गतेदेखि देशव्यापी रुपमा चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गर्न अभियान सुरु गर्नेछ।

७ जेठ, काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकार्यको प्रस्ताव गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव गरेका हुन् । रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको पत्रमा सुवेदीले लेखेका छन् ।

सुवेदीले वर्तमान व्यवस्थामा रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त भएको पत्रमा लेखेका छन् ।

‘राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ,’ रास्वपालाई लेखिएको पत्रमा भनिएको छ ।

चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गर्न राजसंस्थाको पक्षमा हुने आन्दोलनमा साथ दिन अनुरोध गरिएको छ ।

सुवेदी नेतृत्वको रहेको समितिले यसै महिनाको १५ गतेदेखि देशव्यापी आन्दोलन गर्दैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?