News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय हक्की संघले नेपाल हक्की संघलाई खेल सामग्री हस्तान्तरण गर्यो।
- सहयोगका क्रममा नेपालमा हक्कीको विकासका लागि भारतीय संघले प्रशिक्षण र सहयोगको प्रतिबद्धता जनाएको छ।
- सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले भारतीय संघको निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
८ जेठ, काठमाडौं । भारतीय हक्की संघले नेपाल हक्की संघलाई सहयोग स्वरुप खेल सामग्री बिहीबार हस्तान्तरण गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य समेत रहेकी नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामग्री सहयोग स्वरुप प्राप्त भएको जनाएकी छन् ।
एसियाली हक्की महासंघका उपाध्यक्ष एवं भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, भारतीय हक्की संघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की संघका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामग्री हस्तान्तरण गर्यो ।
टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य–सचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको छ ।
भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको थियो ।
सञ्चार मन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की संघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिए ।
भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की संघले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4