
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले ९ जेठमा कैलालीको धनगढीबाट ४ वर्षदेखि फरार अभियुक्त उमेश नेपालीलाई पक्राउ गर्यो।
- उमेश नेपालीमाथि २ माघ २०७८ मा धनगढी उपमहानगरपालिकामा भएको प्रकाश नेपालीको मृत्यु प्रकरणमा संलग्नता आरोप लागेको थियो।
- प्रहरीले अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।
९ जेठ, धनगढी। कैलालीमा हत्या अभियोग लागेर चार वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–५ बस्ने २७ वर्षीय उमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार नेपालीमाथि २ माघ २०७८ मा धनगढी उपमहानगरपालिका–११ मा भएको गोदावरी-५ का २० वर्षीय प्रकाश नेपालीको मृत्यु प्रकरणमा संलग्न रहको आरोप थियो ।
घटना भएकै दिनदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको डीएसपी सिंहले बताए ।
जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखेर नेपालीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4