+
+
Shares

संसद् खुलाउन निरन्तर छलफल, दलका अडान कायमै

कांग्रेस-एमालेले गृहमन्त्रीले संसद्‌मा बोल्न पाउनु पर्ने तथा प्रतिपक्षी दलहरु गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् बैठक विपक्षीहरूको अवरोधका कारण स्थगित भयो।
  • सभामुखको पहलमा सहमतिको प्रयास भए पनि सबै दलहरु अडानमा रहेकाले असफल भयो।
  • विपक्षीले गृहमन्त्री रमेश लेखकविरुद्ध आरोप र मागहरू राखेका छन्।

१३ जेठ, काठमाडौं । विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास सफल हुन सकेको छैन ।

सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् ।

तर, सबै आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन् । आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भने गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिएका छन् ।

भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

सोही आरोपमा जवाफ दिन सदनमा उपस्थित भएका गृहमन्त्रीलाई बोल्न नदिई विपक्षीले लगातार अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेर सहमतिको प्रयास गरेका हुन् । तर, सहमति जुट्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?