+
+
Shares

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते ९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई नेपाल–भारत सिमानाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
  • उनीमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलनको आरोप छ र उनी फरार थिए।
  • उनलाई म्याद थपका लागि बाँके लगिने सीआईबीले जनाएको छ।

१८ जेठ, काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल-भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए ।

सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ ।

सीआईबीका अनुसार ६५ वर्षीय रायलाई म्याद थपका लागि बाँके लगिँदै छ ।

सल्यान घर भएका राय हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० बस्दै आएका राय २०७६ देखि २०७९सम्म बैंकको सीईओका रुपमा कार्यरत थिए । यो बैंक २०६० सालमा खुलेको थियो ।

रायमाथि ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । बैंकमा भएको अपचलनको अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका थिए ।

रकम अपचलनमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाह समेत संलग्न रहेको बैंकको आन्तरिक छानबिनबाट खुलेको थियो ।

हाल कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?