+

‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक विमोचन

२०८२ जेठ  १८ गते १४:३२ २०८२ जेठ १८ गते १४:३२
‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक विमोचन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फुटबलको इतिहास समेटिएको पुस्तक \'स्वर्णकथा नेपाली फुटबलको\' आइतबार विमोचन भएको छ।
  • शाक्यले १९८४ र १९९३ मा स्वर्ण जित्दाका अनुभवहरू समेटिएको पुस्तकमा समावेश गरेका छन्।
  • यसले नेपाली फुटबलको इतिहासलाई नयाँ दृष्टिकोणले प्रस्तुत गरेको छ।

१८ जेठ, काठमाडौं । नेपाली फुटबलको इतिहास समेटिएको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक भएको छ । खेल पत्रकार हिमेशरत्न वज्राचार्यद्वारा लेखिएको उक्त पुस्तक आइतबार नेपाली फुटबलका लेजेण्ड राजुकाजी शाक्यले एक कार्यक्रमबीच विमोचन गरेका हुन्

शाक्य नेपालले विस १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दाका सदस्य थिए । पुस्तकमा नेपाली फुटबलको सुरुवाती इतिहास सहित १९८४ र १९९३ सालमा स्वर्ण जित्दाको इतिहासका विषयहरू समावेश गरिएको छ । नेपाली फुटबलको इतिहासमा नेपालले जितेको त्यो दुई महत्वपूर्ण उपाधि पनि हो ।

नेपाली फुटबलको इतिहास करिब एक सय वर्ष लामो लामो भएपनि अहिलेसम्म फुटबलको इतिहास बारे कुनै पुस्तक लेखिएको थिएन । त्यसैले नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तक समेत हो ।

नेपाली खेलकुदमा इतिहास विरलै लेखिने गरेकोमा अब फुटबलको इतिहास समेटिएको पुस्तक आएको हो । बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य ५५५ रुपैँया रहेको छ ।

पुस्तकमा विशेषगरी सन् १९२० देखि यता ७५ वर्षको समयमा भएका नेपाली फुटबलको गतिविधि समेटिएको छ । यो फुटबल-साहितय लेखनका लागि गरिएको सानो प्रयास भएको लेखक हिमेशले उल्लेख गरेका छन् ।

बुकहिलका भुपेन्द्र खड्काले नेपाली खेलकुदमा अहिलेसम्म फुटबलको विषयमा कुनै पुस्तक नभएको र अब फुटबलको बारेमा पुस्तकको सुरुवात भएको बताए ।

कार्यक्रममा नेपाली खेलकुदकी ‘गोल्डेन गर्ल’को रपमा परिचित सन्तोषी श्रेष्ठले नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता रहेको बताइन् ।

लेखक हिमेशरत्नको नाममै रत्न रहेको र रत्नले लेखेको स्वर्णकथा रत्न जस्तै राम्रो हुने उनको भनाइ थियो बताए । यस्तै उनले भविष्यमा आफ्नो बारेमा पनि खेलसाहित्य लेख्ने योजना रहेको समेत बताइन् ।

एन्फा महासचिव किरण राईले नेपाली फुटबलमा पहिलो दस्तावेज आएको पुस्तकले फुटबलको इतिहासबारे जान्न सहयोग पुग्ने बताए । अब अरुले पनि यस्तै पुस्तक लेख्नुपर्ने उल्लेख गर्दै उनले खेलकुदलाई दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

लेखक हिमेशले आफ्नो लागि सपना पूरा भएको उल्लेख गर्दै ‘ड्रिम कम ट्रयु’ क्षण भएको बताउँदै साथ दिने सबैलाई धन्यवाद दिए ।

स्वर्णकथा नेपाली फुटबलको हिमेशरत्न वज्राचार्य

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय