
News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता सलमान खानले नेपाली केटा टेसुको कथा सुनाए, जो घरेलु कामदार थिए र घरविहिन भए।
- सलमानले टेसुलाई आफ्नो धर्मपुत्र बनाएर इन्दौरमा बस्न लगाए र अहिले उनीसँग तीन सन्तान छन्।
- सलमानले टेसुलाई आफ्नो भाइ जस्तै मानेर प्रेमपूर्वक सम्झेका छन्, जसको जीवन परिवर्तन भएको बताए।.
मुम्बई । बलिउड अभिनेता सलमान खानले एक नेपाली केटा टेसुको बारेमा एउटा मर्मस्पर्शी कथा सुनाएका छन् । टेसु कुनै समय घरेलु कामदारको रूपमा काम गर्थे । एक विवाद पछि, उनी घरविहिन भए ।
त्यसपछि सलमानका काकाले टेसुलाई धर्मपुत्र बनाए । टेसु अहिले आफ्नो परिवारसँग इन्दौरमा बस्छन् । सलमान टेसुलाई आफ्नो भाइ मान्छन् ।
जेमी लिभरसँगको कुराकानीमा सलमानले आफ्नो बाल्यकाल सम्झिएका छन् । जतिबेला उनले टेसु नामका एक नेपाली जो त्यहाँ घरेलु कामदारका रुपमा थिए, त्यो क्षणलाई सलमानले स्मरण गरे ।
आफू बस्ने घरको चौंथो तलमा टेसु बस्ने गरेको र मालिकका छोरासँगको विवादले अचानक टेसुले घर छाडेको स्मरण सलमानले गरे । कतै जाने ठाउँ नभएको र घरबाट धेरै टाढा भएकाले टेसुले आश्रय पाए । तर, आफूहरूले मानवीय कारणले आश्रय दिँदा अरुले गुनासो गरेको सम्झिए ।
सुपरस्टार अभिनेताले टेसुको परिस्थिती हेरेर उनका काकाले पछि उनलाई इन्दौर लगेर धर्मपुत्रको रुपमा पालेको बताए । केही वर्षपछि टेसुले विवाह गरे अनि नयाँ जीवनको सुरुवात गरे । अहिले टेसुका ३ सन्तान छन् र इन्दौरमा सम्पत्ति जोडेका छन् ।
सलमानले मायालुपूर्वक टेसुलाई आफ्ना वास्तविक भाई भएको बताए जसको जीवन राम्रोको लागि परिवर्तन भयो । टाइम्स अफ इन्डिया लगायतका संचारमाध्यमले सलमानको यो किस्सालाई प्रकाशन गरेका छन् ।
सलमान पछिल्लोपटक फिल्म ‘सिकन्दर’मा देखिएका थिए । उनी संजय दत्तसँग एक फिल्ममा देखिनेछन् । साजिद नाडियावालाको ‘किक २’ उनको लाइनअपमा छ ।
प्रतिक्रिया 4