+
+
Shares

नेपाल पुनर्बीमाको नाफा ५७ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा र सेयर मूल्य १ हजार २४७ रुपैयाँ छ।

२२ जेठ, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बल्ल दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५३ करोड २६ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५७ प्रतिशत बढेको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा यस्तो नाफा ३३ करोड ७७ लाख रुपैयाँ थियो । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा छ । खुद प्रिमियम आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो । खुद प्रिमियम आम्दानी पहिले ३ अर्ब ३ करोड रुपैयाँ रहेकोमा अहिले ४ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९६ पैसा छ । बुधबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १ हजार २४७ रुपैयाँ छ ।

चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको कम्पनीले नियामक बीमा प्राधिकरणले तोकेबमोजिम २० अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने चुनौति छ । कम्पनीको सञ्चित आम्दानी ७६ करोड ४२ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?