+
+
Shares

एकीकृत समाजवादीको आरोप – ओलीको निर्देशनमा मुद्दा दायर गरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ।
  • उपाध्यक्ष राजेन्द्र पाण्डेले मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए।
  • नेपालको सांसद पद पनि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेको छ।

२२ जेठ, काठमाडौं । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।

‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्‍यो ?,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’

पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए ।

भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?