+
+
Shares

नेपालको इतिहासमा अख्तियारबाट पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
  • नेपालले हदबन्दी छुटमा जग्गा खरिद र पछि बिक्री गरेको प्रकरणमा अनुसन्धान भइरहेको छ।
  • यो पहिलोपटक मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको हो।

२२ जेठ, काठमाडौं । नेपालको इतिहासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

सोही प्रकरणमा नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगले मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको पनि यो पहिलोपटक हो ।

नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन भएयता भ्रष्टाचारको मुद्दा खेप्ने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन् ।

बहुदलअघि पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री तुलसी गिरीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलेको थियो । गिरी नेतृत्वको मन्त्रिपरिषद्ले दिएको गलैंचा छुटसम्बन्धी निर्णयविरुद्ध मुद्दा दर्ता भएको थियो ।

 

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?