+
+
Shares

बाबा रामदेव र आचार्य बालकृष्णमाथि किन मुद्दा चलेन ?

अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १४:२८
बाबा रामदेव र आचार्य बालकृष्णको फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
  • अख्तियारले योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णलाई मुद्दामा प्रतिवादी बनाएको छैन।
  • सञ्चालक समितिले आश्रम निर्माण र सम्पत्ति कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई तोकेको र उनी नै सबै कामकाजको जवाफदेही भएको निष्कर्ष निकालेको छ।

२२ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटमा पाएको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस क्रममा अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवं सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

दुवैजना पतञ्जलि योगपीठसँग आवद्ध भए पनि नेपालको हकमा भने उनीहरूले शालिकराम सिंहलाई आफ्नो आधिकारिक प्रतिनिधि तोकेका थिए । सबै निर्णय गर्ने अख्तियारीसहित सिंहलाई नै कम्पनीको नेपालसम्बन्धी कामकाज गर्ने जिम्मेवारी तोकिएको थियो ।

जग्गा सट्टापट्टा अनियमितताको उजुरीपछि अख्तियारले सार्वजनिक सूचना नै निकालेर रामदेव र आचार्य बालकृष्णलाई बोलाएको थियो । तर उनीहरू नेपाल आएनन् ।

अख्तियारले उनीहरूले सबै अधिकार शालिकराम सिंहलाई दिएको र नेपालमा हुने सबै काम-कारबाहीमा सिंह नै जवाफदेही हुने निष्कर्षसहित रामदेव र बालकृष्णमाथि कुनै मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

अख्तियार स्रोतका अनुसार, पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका संस्थापकहरू स्वामी रामदेव, आचार्य बालकृष्ण र शालिकराम सिंहको उपस्थितिमा बसेको सञ्चालक समितिले आश्रम निर्माण, सम्पत्ति खरिद एवं सबै कारोबारको जिम्मेवारी शालिकराम सिंहलाई दिने निर्णय गरेको थियो ।

अख्तियारको निर्णय उदृत गर्दै स्रोतले भन्यो, ‘निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिंहसमेत माथि विवेचना गरेबमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसुर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा हाल निजहरूको हकमा केही गरिराख्न परेन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?