+
+
Shares

अख्तियारले क्षेत्राधिकार नाघ्यो : एकीकृत समाजवादी

विपक्षी दललाई सिध्याएर आफू चाहिँ बलियो हुन्छु भन्ने कल्पना गरेको भए त्यो व्यर्थको कुरा हुने पाण्डेको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १७:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियारले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ।
  • नेता राजेन्द्र पाण्डेले अख्तियारले नीतिगत निर्णयमा हस्तक्षेप गरेको आरोप लगाए।

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार नाघेको आरोप लगाएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेर अख्तियारले क्षेत्राधिकार नाघेको बताए ।

नेता पाण्डेले नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नपाउने भन्ने अदालतको फैसलाको उल्लंघन भएको बताए ।

‘अहिले हाम्रो पार्टीका अध्यक्षमाथि अख्तियारले मुद्दा दर्ता गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा यसरी मुद्दा दर्ता गरेको अहिलेसम्म मैले सुनेको छैन,’ उनले भने, ‘यो भन्दा अघि एउटा कुनै विषयमा कुरा उठ्दा अदालतले नीतिगत निर्णयमा मुद्दा चल्दैन भन्ने फैसला गरेको थियो । त्यसलाई उल्लंघन गर्दै अख्तियारले क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरेको छ ।’

विभिन्न दलहरू मिलेर सरकार बनेको भन्दै उनले सरकार चलाउने दलहरू बीचको रसायन पनि कतिसम्म टिक्ने हो ठेगान नभएको बताए ।

प्रधानमन्त्रीको दलले नै विपक्षी दललाई दमन गर्न खोजेको भन्दै उनले अलि दिन पछि प्रधानमन्त्रीको दल नै प्रतिपक्षमा जाने सम्भावना रहेको बताए ।

विपक्षी दललाई सिध्याएर आफू चाहिँ बलियो हुन्छु भन्ने कल्पना गरेको भए त्यो व्यर्थको कुरा हुने उनको भनाइ छ ।

पतञ्जली जग्गा प्रकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?