+

फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिग फुटबलको फाइनलमा

२०८२ जेठ  २३ गते ७:३४ २०८२ जेठ २३ गते ७:३४
फ्रान्सलाई हराउँदै स्पेन नेसन्स लिग फुटबलको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनले फ्रान्सलाई ५-४ गोलले पराजित गरी युईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्‍यो।
  • खेलमा लामिन यमालले २ गोल गरे र मिकेल मेरिनो, पेड्री, नेको विलियम्सले १-१ गोल गरे।
  • फाइनल खेल पोर्चुगल र स्पेनको बीचमा जुन ९ मा हुनेछ।

२३ जेठ, काठमाडौं । ९ गोल भएको खेलमा फ्रान्समाथि जित निकाल्दै स्पेन युईएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको सेमिफाइनलमा फ्रान्सलाई ५-४ गोलअन्तरले पराजित गर्दै स्पेनले पोर्चुगलसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

स्पेनको जितमा लामिन यमालले २ गोल गर्दा मिकेल मेरिनो, पेड्री र नेको विलियम्सले १-१ गोल गरे । फ्रान्सका किलियन एमबाप्पे, रायन चेर्की र रान्डाल कोलोमुआनीले १-१ गोल गर्दा एक गोल उपहार पायो ।

खेलको २२औं मिनेटमा नेको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटमा मेरिनोले गोल गर्दै पहिलो हाफमा २-० ले अगाडि राखे ।

दोस्रो हाफको ५४औं मिनेटमा यमाल र त्यसको १ मिनेटमै पेड्रीले गोल गरेपछि स्पेन एकपक्षीय जिततर्फ अगाडि बढेको थियो ।

५९औं मिनेटमा एमबाप्पेले गोल गर्दै गोलअन्तर केही घटाए । ६७औं मिनेटमा यमालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ५-१ ले अघि बढेको थियो ।

तर अन्त्तयतिर फ्रान्सले फेरि ३ गोल फर्कायो । चेर्कीले ७९औं मिनेटमा गोल गरेपछि ८४औं मिनेटमा आत्मघाती गोलमार्फत उपहार गोल पाएको फ्रान्सका लागि कोलो मुआनीले इन्जुरी समयमा गोल गरे ।

तर त्यसपछि भने गोल हुन सकेन र स्पेन ५-४ को जितसहित फाइनलमा पुगेको हो ।

फाइनल खेल पोर्चुगल र स्पेनको बीचमा जुन ९ मा हुनेछ ।

नेसन्स लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय