+

कोहलीलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्डिङमा

२०८२ जेठ  २३ गते १५:०९ २०८२ जेठ २३ गते १५:०९
कोहलीलाई पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्डिङमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेंगलुरुमा विजय उत्सवको भागदौडमा ११ जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए।
  • सामाजिक सञ्जालमा विराट कोहलीलाई पक्राउ गर्नुपर्ने मागसहित आलोचना भएको छ।
  • प्रहरीले कार्यक्रम बिना अनुमति आयोजना गरेको र सुरक्षा चुकको आरोपमा एफआईआर दर्ता गरेको छ।

२३ जेठ, काठमाडौं । बेंगलुरुमा विजय उत्सव मनाउने क्रममा भएको भागदौडको घटनापछि यतिबेला अनुसन्धान भइरहेको छ । ११ जनाको मृत्यु तथा केही घाइते हुनेगरी भएको उक्त घटनापछि सामाजिक सञ्जालमा क्लब र खेलाडीहरू पनि आलोचित हुन थालेका छन् ।

विशेषगरी टोलीका स्टार खेलाडी विराट कोहलीलाई पनि पक्राउ गर्नुपर्ने मागसहित सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्डिङमा आउन थालेको छ ।

प्रयोगकर्ताहरूले कोहली र अन्य खेलाडीलाई घटनाको गम्भीरता नबुझेको भन्दै आलोचना गरेका छन्। केहीले कोहलीले घटनापछि परिवारहरूसँग भेट्नुपर्नेमा उल्टै लन्डन उडेको भन्दै आलोचना गरेका छन्।

कहीँकतै भने उनी लन्डन जानुपर्ने भएकाले २ दिनपछि गर्न सकिने भनेर प्रहरीले गरेको आग्रह नमानी कार्यक्रम त्यति चाँडो गरिएका कुराहरू पनि बाहिर आएका छन् जुन् आधिकारिक भने होइनन् ।

तर, धेरैले कोहलीको पक्षमा आवाज पनि उठाएका छन्। उनीहरूको भनाइ छ—“खेलाडीहरूको काम मैदानभित्र सीमित हुन्छ। कार्यक्रम व्यवस्थापन, सुरक्षा र भिड नियन्त्रण आयोजक संस्थाहरूको जिम्मेवारी हो।”

पहिलोपटक आईपीएल ट्रफी जितेको खुसियाली मनाउन बेंगलुरु पुगेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) टोलीलाई ‘हिरोको रूपमा स्वागत’ गरिएको थियो। मंगलबार राति उपाधि जितेपछि बुधबार बिहान टोली बेंगलुरु आइपुगेको थियो।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले विधान सौधमा खेलाडीहरूलाई सम्मान गरेका थिए। त्यसपछि चिन्नास्वामी रंगशालामा उत्सवको आयोजना गरिएको थियो।

तर, रंगशाला बाहिर हजारौं समर्थक भेला हुँदा ठेलमठेल र भागदौड मच्चिएको थियो। भीड व्यवस्थापनमा चुक्दा भएको भागदौडमा ११ जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।

यति ठूलो दुर्घटना हुनसाथ कार्यक्रम रोक्नुपर्ने माग उठे पनि, रंगशाला भित्र भने उत्सव जारी राखिएको थियो। स्टार खेलाडी विराट कोहली र कप्तान राजत पाटीदारले समर्थकलाई सम्बोधन गरेका थिए।

यस घटनाको अनुसन्धानका लागि प्रहरीले आरसीबीमाथि बिना अनुमति कार्यक्रम आयोजना गरेको, लापरवाह सुरक्षाको कारण मृत्यु भएको भन्दै एफआईआर दर्ता गरिसकेको छ।

आरसीबीका मार्केटिङ प्रमुख निखिल सोसाले, तथा कार्यक्रम व्यवस्थापन कम्पनी डिएनए इन्टरटेन्मेन्टका दुई उच्च अधिकारीहरूलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

मुख्यमन्त्री सिद्धरामैयाको निर्देशनमा बेंगलुरु प्रहरी प्रमुखसहित सात जना प्रहरी अधिकारी निलम्बनमा परेका छन्। एक सदस्यीय न्यायिक आयोग गठन भइसकेको छ जसले ३० दिनभित्र प्रतिवेदन दिनुपर्नेछ।

अब कोहली र अन्य खेलाडीमाथि नै कानुनी कारबाहीको माग उठिरहेको छ, जसले यो घटना थप राजनीतिक र सामाजिक बहसको विषय बनेको छ।

विराट कोहली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय