
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले विश्व वातावरण दिवसका अवसरमा देशभर १८ हजार वृक्षारोपण गरेको छ।
- बैंकले कैलाली, काठमाडौं, झापा, र अन्य स्थानमा विभिन्न बिरुवा रोपेको हो।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा देशका विभिन्न स्थानमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा बिहीबार मुलुकभरि १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो ।
यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १ हजार कागतीका बिरुवा रोपेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिक लगायत बैंकका कर्मचारी उपस्थित थिए ।
त्यसैगरी बैंकले काठमाडौं नारायणहिटी आर्मी ब्यारेक परिसरमा बैंकका डेपुटी सीईओ सुमन पोखरेलको उपस्थितिमा ३ सय बिरुवा रोपेको छ ।
बैंकले कोशीको दिक्तेल प्रगति सामुदायिक वन, मेचीनगर झापा लगायत स्थानमा ३ हजार ७ सय, मधेसको राजविराज, जीतपुर, लहान, गौर, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायत स्थानमा ५ हजार ५०, बागमतीको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायत स्थानमा २ हजार ३ सय, गण्डकीको बागलुङ र कास्की लगायत स्थानमा २ हजार १ सय, लुम्बिनीको बिजुवार, घोराही, गुलरिया, लिवाङ लगायत स्थानमा १ हजार ५ सय, कर्णालीको वीरेन्द्रनगर र रास्कोट लगायत स्थानमा ७ सय र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, बैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायत स्थानमा २ हजार ८६ विरुवा रोपेको जनाएको छ ।
बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीयको उल्लासमय उपस्थिति थियो । बैंकले वृक्षारोपणका लागि विभिन्न संस्थासँग सहकार्य गरी सहरको सौन्दर्यीकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसर तथा सार्वजनिक स्थान छनोट गरेको छ ।
वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
प्रतिक्रिया 4