+
+
Shares

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित क्षेत्रमा टोली खटाउँदै कृषि मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित क्षेत्रमा टोली खटाउने निर्णय गरेको छ ।
  • बैठकले प्रभावित क्षेत्रमा तत्काल रोग नियन्त्रण र प्रभावकारी उपाय अपनाउन निर्देशन दिए।

२६ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित क्षेत्रमा टोली खटाउने भएको छ ।

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर प्रभावित ठाउँको पशुचौपायबारे अध्ययन गरी तत्काल नियन्त्रणमा लिन अपनाउन सकिने प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकाय परिचालन गरिने मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार बसेको सम्बन्धित अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गत सम्बन्धित अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरिने निर्णय भएको छ ।

यसरी गठन भएको टोली तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन हुने निर्णय भएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।

रोग प्रभावित क्षेत्रको रिपोर्टिङ पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्रप्रसाद बोहोरालाई गराउनुपर्ने छ ।

बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै पशुचौपायमा देखा पर्ने रोगको जोखिमलाई आकलन गरी रोग नियन्त्रण र खोपका लागि तीनै तहका सरकारको सहभागीता हुने गरी आवश्यक तयारी गर्न समेत पशु सेवा विभागलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?