+
+
Shares

सहकारी प्राधिकरण नेतृत्वमा एमाले कार्यकर्ता ल्याउने तयारी, योग्यतामै कैफियत

प्राधिकरण नेतृत्वको योग्यता तोक्दा नै एमाले सहकारी विभागका पदाधिकारीलाई लक्षित गरी कायम गरेको पाइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा एमाले सहकारी विभागका पदाधिकारीलाई नियुक्ति गर्न तयारी गरिरहेको छ।
  • सिफारिस समितिले योग्य उम्मेदवारलाई आवेदन दिन ११ जेठमा आवेदन आह्वान गरेको थियो, जसमा विभिन्न व्यक्तिहरूको आवेदन परेको छ।
  • योग्यता सम्बन्धी नियम अनुसार अध्यक्षका लागि १५ वर्ष कार्य अनुभव र विज्ञ सदस्यका लागि १० वर्ष कार्य अनुभव आवश्यक छ।

२६ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यमा नेकपा एमाले सहकारी विभागका पदाधिकारीलाई नियुक्ति गर्ने तयारी गरेको छ ।

प्राधिकरण नेतृत्वको योग्यता तोक्दा नै एमाले सहकारी विभागका पदाधिकारीलाई लक्षित गरी कायम गरेको पाइएको हो ।

प्राधिकरण अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले ११ जेठमा योग्य उम्मेदवारलाई आवेदन दिन भन्दै दरखास्त आह्वान गरेको थियो ।

सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा पूर्वअर्थ सचिव सुमन शर्मा र गुणनिधि भुसाल सदस्यका छन् ।

प्राधिकरण अध्यक्षका लागि एमाले सहकारी विभाग सचिव तथा सहकारी महासंघ सञ्चालक परितोष पौडेल सहित ६ जनाको आवेदन परेको छ । स्रोतका अनुसार उनले विशिष्ट श्रेणीमा काम गरेको अनुभव छैन ।

त्यसैगरी अर्जुन पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय हरि नेपाल र नारायण पौडेल, सहकारी बोर्डका वरिष्ठ अधिकृत अनिल पौडेल र सहकारी विकास बोर्डका सदस्यसचिव तथा नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्माको आवेदन परेको हो ।

त्यसैगरी प्राधिकरणको विज्ञ सदस्यका लागि नेकपा एमाले सहकारी विभाग सदस्य डा. खगराज शर्मा, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल, रमेश चौलागाईं र रुपा जोशीको आवेदन परेको छ ।

समितिले अध्यक्ष र सदस्यको योग्यता सहकारी ऐन २०४७ को दफा १०३ अनुसार कायम भएको हुनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार अध्यक्षका लागि ‘कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सोसरहमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने’ भनेर तोकिएको छ ।

त्यसैगरी विज्ञ सदस्यका लागि ‘अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही अधिकृत स्तरमा कम्तीमा १० वर्ष कार्य अनुभव भएको हुनुपर्ने’ उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?