News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि आफ्नो सुरुवाती ११ सार्वजनिक गर्यो।
- फाइनल खेल लर्ड्स क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ।
- दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमा नेतृत्वमा प्लेइङ ११ चयन गरिएको छ।
२७ जेठ, काठमाडौं । बुधबारदेखि सुरु हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि दक्षिण अफ्रिकाको सुरुवाती ११ सार्वजनिक भएको छ ।
अष्ट्रेलियासँग हुने बहुप्रतिक्षित फाइनल भिडन्तका लागि दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले बलियो प्लेइङ ११ घोषणा गरेका हुन्।
फाइनलका लागि दक्षिण अफ्रिकाको प्लेइङ ११ मा टेम्बा बाभुमा (कप्तान), एडेन मार्करम, रायन रिकेल्टन, वियान मुल्डर, ट्रिस्टन स्टब्स, डेभिड बेडिङ्घम, काइल भेरिन, मार्को यानसेन, केशव महाराज, कागिसो रबाडा र लुंगी एंगिडी रहेका छन्।
फाइनल खेल इंग्ल्याण्डको ऐतिहासिक लर्ड्स क्रिकेट ग्राउण्डमा हुँदैछ।
प्रतिक्रिया 4