+
+
Shares

अनेरास्ववियु : प्रकाश पौडेलले पनि प्यानल बनाउँदै, महासचिवमा आरके रोमश

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ।
  • अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले दाबी छोडेका छैनन्, निर्वाचन प्रक्रिया अझै अघि बढाइएको छैन।
  • विवाद र नाराबाजीका बीच उम्मेदवारहरूले आफ्नो पक्षमा मत मागिरहेका छन् र नयाँ प्यानल बनाउने प्रयास भइरहेको छ।

२८ जेठ, काठमाडौं । कीर्तिपुरमा जारी अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ ।

हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन । जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो ।

स्रोतका अनुसार उम्मेदवारी दर्ता भएपनि अझैपनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो । तर अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले दाबी छोडेका छैनन् ।

अध्यक्ष मण्डलकै तर्फबाट कडरियाको नेतृत्वमा हिजो साँझ केही पदाधिकारी प्रस्ताव गरिएको थियो । प्रस्तावमा प्रकाश पौडेललाई उपाध्यक्ष, अञ्जना सिवाकोटीलाई महिला उपाध्यक्ष र दीपक धामीलाई महासचिव भनिएको थियो ।

तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै निर्वाचनको माग सहित हलमै नाराबाजी भयो । यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । निर्वाचन प्रक्रिया अगाडि नबढाइएपनि उम्मेदवारहरूले आफ्नो पक्षमा मत मागिरहेका छन् ।

कडरियाको पक्षमा उपाध्यक्ष र महासचिवको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट सार्वजनिक गरिएकाले पौडेल पनि आफ्नो प्यानल बनाउन लागेका छन् । पौडेलको प्यानलबाट महासचिव आरके रोमश निश्चित भएका छन् । उपमहाचिवमा कमल जोशी छन् ।

महिला उपाध्यक्षमा आरती भट्टराई हुने सम्भावना रहेको बताइएको छ ।

निवर्तमान सचिव भट्टराई अध्यक्ष पदकै दाबेदार थिइन् । तर अध्यक्षबाट पछि हटेर उनले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । पौडेलको प्यानलबाट अरु पद पनि मिलाउने प्रयत्न भइरहेको नेताहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?