+
+
Shares

मूल्यसूची नराख्ने एवाई अटो ट्रेडिङलाई ५१ हजार जरिबाना

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–३० स्थित एवाई अटो ट्रेडिङ कन्सर्नलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ११ उद्योग तथा फर्मको अनुगमन गरी ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • काठमाडौंको एवाई अटो ट्रेडिङ कन्सर्नलाई दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेकाले जरिबाना तिराइएको विभागले जनाएको छ।
  • विभागले बजार पारदर्शीता र उपभोक्ता संरक्षणका लागि अनुगमन तीव्र बनाएको छ।

२८ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार एक उद्योग तथा फर्मलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत आज ११ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–३० स्थित एवाई अटो ट्रेडिङ कन्सर्नलाई ५१ हजार रुपैयाँ जरिबाना तिराइएको हो । उक्त उद्योगले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ९ट० बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम जरिबाना तिराइएको विभागले जानकारी दिएको छ ।

यस्तै विभागको टोलीले अनुगमन गरेका ७ उद्योग तथा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ भने ३ उद्योगलाई सामान्य निर्देशन मात्रै दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?