+

राष्ट्रपति रनिङ शिल्ड : एथलेटिक्समा बागमती टिम च्याम्पियन

२०८२ जेठ  ३० गते १७:५४ २०८२ जेठ ३० गते १७:५४
राष्ट्रपति रनिङ शिल्ड : एथलेटिक्समा बागमती टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती टिमले केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड र उसु खेलकुदमा स्वर्ण पदक जित्यो।
  • अनिशा थारु र प्रवीण राना मगरले समान ४ स्वर्ण पदक प्राप्त गरे।
  • सुदूरपश्चिम दोस्रो र गण्डकी तेस्रो स्थानमा रह्यो।

३० जेठ, काठमाडौं । १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्समा बागमती टिम च्याम्पियन बनेको छ । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारु र प्रवीण राना मगरले समान ४–४ स्वर्ण योगदान गरे ।

प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा पहिलो भइन् । अनिशाले ४ सय मिटर दौडमा थप १ रजत पनि हात पारिन् ।

सुदूरपश्चिम समान ७–७ स्वर्ण, रजत र कांस्यका साथ दोस्रो भयो । तेस्रो स्थानको गण्डकीले ३ स्वर्ण, ५ रजत र ६ कांस्य हात पार्‍यो ।

कर्णालीले ३ स्वर्ण, २ रजत र ५ कांस्य तथा लुम्बिनीले १ स्वर्ण, ५ रजत र ५ कांस्य हात पार्‍यो । स्वर्णविहीन कोशीले ३ रजत जित्दा मधेश पदकविहीन रह्यो ।

उसुमा बागमतीलाई ८ स्वर्ण

राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत उसुमा बागमती ८ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । बागमतीले थप २ रजत र १ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिम दोस्रो भयो । सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्य हात पार्‍यो । तेस्रो भएको लुम्बिनीले १ स्वर्ण र २ कांस्य प्राप्त ग¥यो । १२ स्पर्धा समावेश उसुमा बाँकी ४ प्रदेश स्वर्णविहीन बने ।

अन्तिम दिन ८ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे । दुवै बागमतीका हुन् ।

सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी पहिलो भए ।

महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना विक र ४८ केजीमा बागमतीकी अनु मोक्तान शीर्ष स्थानमा रहे ।

राष्ट्रपति रनिङ शिल्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय