News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल खेलकुद पत्रकार मञ्च र अखिल नेपाल फुटबल संघबीचको मैत्रीपूर्ण खेलमा एन्फाले १०-२ को जित हासिल गर्यो।
- खेलमा एन्फाका महासचिव किरण राई र केन्द्रिय सदस्य टिका लामाले ह्याट्रिक पूरा गरे भने अन्य खेलाडीहरूले गोल गरे।
- खेलमा सहभागी पदाधिकारी र पूर्व खेलाडीहरू उपस्थित थिए र दक्षिण एसियाली फुटबल महासंघका महासचिवले खेलको सुरुवात गरे।
३ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फाले १०-२ को सहज जित दर्ता गर्यो ।
एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रिय सदस्य टिका लामाले ह्याट्रिक पूरा गर्दा पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक गोल थपे । एनएसजेएफका लागि अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल फर्काए ।
एन्फाकाे टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपानेलगायतका पदाधिकारी र पूर्व खेलाडीले खेलेका थिए ।
एनएसजेएफकोतर्फबाट उपाध्यक्ष सञ्जिव शिल्पकार, कार्यसमिति सदस्य रमेश सुवेदी र कविरस शर्मा तथा साधारण सदस्यले खेलेका थिए ।
यसैगरी खेलमा एनएसजेफका अध्यक्ष निरञ्जन अघिकारी, वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली, महासचिव अञ्जन खड्का, एन्फा प्रवक्ता सुरेश शाहलगातयको उपस्थिति थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषेत्तम कँडेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर मैत्रीपूर्ण खेलको सुरुवात गरेका थिए ।
प्रतिक्रिया 4