
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप यादवले सरकारले ल्याएको बजेट सबै क्षेत्र र वर्गलाई समेट्ने र जनमुखी भएको बताए।
- बजेट जनमुखी, समावेशी र विकासमुखी भएको र ग्रामीण क्षेत्रको प्राथमिकता रहेको उनको भनाइ छ ।
- उनले बजेटले आर्थिक सुधार, रोजगारी, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे।
६ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले ल्याएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताएका छन् ।
जनता समाजवादी पार्टीको शुक्रबार आयोजित प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । ‘बजेट मन्त्रीमुखी र क्षेत्रमुखी बनायो भनेर केहीले हल्ला चलाएका छन् । त्यो गलत हो, यसपटकको बजेट जनमुखी, समावेशी र विकासमुखी छ,’ उनले भने ।
वर्तमान सरकारको प्राथमिकता ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत सेवा पुर्याउने रहेको भन्दै मन्त्री यादवले खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा बजेटले विशेष ध्यान दिएको बताए ।
उनले बजेटले मुलुकको आर्थिक सुधार, रोजगारी सृजना, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4