+
+
Shares

विशेष अदालतमा कसरी हुँदैछ पूर्वप्रधानमन्त्री नेपालको बयान ?

पूर्वप्रधानमन्त्री नेपाल पक्षधर कानुन व्यवसायीहरुका अनुसार, खाजा समयभन्दा अघि बयान सकिने अनुमान छ । त्यसो भयो भने खाजा समयपछि थुनछेक बहस शुरु हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान भइरहेको छ।
  • अदालतले नेपालसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोप र प्रतिवाद सुन्दैछ।
  • मुद्दामा आरोपितहरुलाई थुनामा पठाउने, धरौटी माग्ने वा छुटाउने विकल्पमा बहस भइरहेको छ।

११ असार, काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान चलिरहेको छ । विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो ।

बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दा इजलास नं.– २ मा तोकिएको थियो । इजलास बस्नासाथ तीन न्यायाधीशहरुको रोहबरमा अदालतका कर्मचारीहरुले नेपालको बयान लिइरहेका छन् ।

अदालतका कर्मचारीहरुले नेपाललाई सोध्नका लागि बिहानै प्रश्नावलीको तयारी गरेका थिए । कर्मचारीहरुले प्रश्न सोध्ने, त्यसमा आरोपितले जवाफ दिने अनि जवाफ सुनेर अदालतकै कर्मचारीले कम्प्युटरमा बयान टाइप गर्छन् ।

टाइप गरेको जवाफलाई त्यसलाई प्रिन्ट गरेर आरोपितलाई रुजु गराइन्छ र इजलासमा पेश हुन्छ । आरोपितहरुलाई आफैं जवाफ लेख्ने सुविधा पनि हुन्छ, तर पूर्वप्रधानमन्त्री नेपालले त्यो सुविधा नलिएको विशेष अदालतस्रोतले बतायो ।

विशेष अदालतका कर्मचारीहरुले मुद्दामा लगाइएको आरोपका विषयमा केन्द्रित भएर बयान लिन्छन् । त्यसक्रममा आरोप लागेका व्यक्तिहरुले आफ्नो प्रतिरक्षा गर्न त पाउँछन् नै, आफ्नो धारणा बताउने अवसर पनि हुन्छ । मुद्दाका आरोपितहरुले अदालतमा दिएको बयानलाई महत्वपूर्ण प्रमाण मानिन्छ ।

पूर्वप्रधानमन्त्री नेपाल पक्षधर कानून व्यवसायीहरुका अनुसार, खाजा समयभन्दा अघि बयान सकिने अनुमान छ । त्यसो भयो भने खाजा समयपछि थुनछेक बहस शुरु हुन्छ ।

मुद्दाका आरोपितहरुलाई थुनामा पठाउने, उनीहरुसँग धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने विकल्पमध्ये कुन प्रक्रिया अपनाउने भनी तय गर्न थुनछेक बहस हुन्छ । त्यसपछि इजलासले तीन विकल्पमध्ये कुनै आदेश दिनेछन् ।

अख्तियारले २२ जेठमा पूर्वप्रधानमन्त्री नेपाल सहित ९३ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो । उसले नेपालमाथि मन्त्रिपरिषदको निर्णयबाट हदबन्दी छुटको जग्गा सट्टापट्टाको स्विकृती दिएर भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

पतञ्जली जग्गा प्रकरणका ९३ जना आरोपितमध्ये विशेष अदालतमा उपस्थित भएका नेपाल दोस्रो व्यक्ति हुन् । यसअघि विशेष अदालतमा उपस्थित भएका कानून उपसचि कलानिधी पौड्याल २५ हजार रुपैंया धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?