+

इंग्लिस फुटबलर एडम ललानाले लिए सन्यास

२०८२ असार  ११ गते १४:०९ २०८२ असार ११ गते १४:०९
इंग्लिस फुटबलर एडम ललानाले लिए सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एडम ललानाले व्यवसायिक फुटबलबाट संन्यास घोषणा गरेका छन् ।
  • उनले आफ्नो करियर साउथह्याम्प्टनबाट सुरु र त्यहीँबाट अन्त्य गरे।
  • उनले ३०५ प्रिमियर लिग खेल र ३४ राष्ट्रिय टोली खेल खेल्ने अवसर पाएका थिए, र २०१६ मा उत्कृष्ट खेलाडी समेत भए।

११ असार, काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एडम ललानाले व्यवसायिक फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। ३७ वर्षीय ललानाले आफूले पहिलो पटक पेशागत फुटबल खेलेको क्लब साउथह्याम्प्टनमै अन्तिम सिजन खेलेर आफ्नो करियरको ‘उचित’ अन्त्य भएको बताएका छन्।

ललानाले २० वर्षअघि साउथह्याम्प्टनबाटै करियर सुरु गरेका थिए। त्यसयता उनले बर्नमाउथ, लिभरपुल, ब्राइटन र फेरि साउथह्याम्पटनका लागि खेले ।

उनले कुल ३०५ प्रिमियर लिग खेल खेलेका छन् भने साउथह्याम्प्टनका लागि सबै प्रतियोगितामा २८३ खेल खेलेका छन्। इंग्ल्यान्डका लागि ३४ पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका ललानाले २०१६ मा इंग्ल्यान्डको वर्षको उत्कृष्ट खेलाडीको उपाधि समेत जितेका थिए।

उनले साउथह्याम्प्टनलाई लिग वानबाट युरोपा लिगसम्म पुर्‍याउने यात्रा नेतृत्व गरेका थिए र क्लबका कप्तानसमेत बनेका थिए। सन् २०१४ मा लिभरपुलसँग जोडिएका ललानाले त्यहाँ प्रिमियर लिग र युएफा च्याम्पियन्स लिगको उपाधि जिते। त्यसपछि उनले चार सिजन ब्राइटनका लागि खेले।

इन्स्टाग्राममार्फत संन्यासको घोषणा गर्दै ललानाले आफ्नो यात्रा अद्भुत रहेको र आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले साउथह्याम्प्टनलाई ‘जहाँ सबैथोक सुरु भयो र अब अन्त्य हुँदैछ’ भन्दै विशेष धन्यवाद दिएका छन्।

साथै लिभरपुल र ब्राइटनको अनुभवलाई पनि मनदेखि सम्झिएका छन्। उनले इंग्ल्यान्डबाट खेल्नु सबैभन्दा ठूलो सम्मान भएको उल्लेख गरेका छन्।

पारिवारिक सहयोगलाई विशेष रुपमा स्मरण गरेका ललानाले पत्नी एमिली, दुई छोरा, आमा-बुबा र दिदीलाई समर्थनका लागि धन्यवाद दिएका छन्।

गत सिजनको अन्त्यमा साउथह्याम्प्टनमा अन्तरिम सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका ललाना सम्भवतः क्लबमै रहने र नयाँ प्रशिक्षक विल स्टिलको सहायक भूमिकामा देखिने अपेक्षा गरिएको छ।

एडम ललाना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय