
News Summary
Generated by OK AI. Editorially reviewed.- लण्डनमा फिल्म ‘एफ वान’ को प्रिमियरमा ब्राड पिट र टम क्रुज लगभग २४ वर्षपछि एकसाथ देखिएका थिए।
- यी दुई स्टारले एकअर्कालाई हृदयदेखि अँगालो हाले र क्यामेराको अगाडि खुसीसाथ पोज दिए।
- ब्राड पिटले आफ्नो व्यक्तिगत जीवन र लागूपदार्थको लतको संघर्षको बारेमा खुलेर बताएका छन्।
लण्डन । ब्राड पिट र टम क्रुज लगभग २४ वर्षपछि सार्वजनिक रूपमा एकसाथ देखिएका छन् । अवसर थियो लन्डनमा आयोजित फिल्म ‘एफ वान’ प्रिमियरको ।
यतिबेला यी दुई हलिउड स्टारको तस्वीर इन्टरनेटमा भाइरल बनेको छ । अर्कोतर्फ, अभिनेता पिट र उनकी पूर्वश्रीमती एन्जेलिना जोलीको पनि चर्चा भैरहेको छ ।
यी दुवै प्रसिद्ध हलिउड स्टार हुन् । यी ’गोल्डेन ब्वाइज’ हालै २४ वर्षपछि सँगै देखा परे र हंगामा मच्चाए । क्रुजलाई देखेपछि पिटले खुसी लुकाउन सकेनन् ।
यी दुई हलिउड दिग्गजले एकअर्कालाई हृदयदेखि अँगालो हाले र क्यामेराको अगाडि खुसीसाथ पोज दिए । सन् २००१ को ‘अमेरिका : अ ट्रिब्युट टु हिरोज’को कन्सर्ट पछि यो उनको पहिलो रेड कार्पेट क्षण थियो ।
यति लामो समयको अन्तरालमा, दुवै स्टारले आ-आफ्नै उपलब्धि हासिल गरेका छन् । ६१ वर्षीय ब्राड पिटले दुईवटा अस्कर जिते भने ६२ वर्षीय क्रूजले ६ वटा थप ‘मिसन : इम्पोसिबल’ फिल्ममार्फत खतरनाक स्टन्टमार्फत दर्शकको मन जितेका छन् ।
यस पुनर्मिलन बाहेक, अभिनेता पिट आफ्नो व्यक्तिगत जीवनको लागि पनि समाचारमा छन् । उनले अभिनेत्री तथा पूर्वपत्नी एन्जेलिना जोलीसँगको विवाह टुटेपछि लागूपदार्थको लतसँगको संघर्ष र अल्कोहोलिक्स एनोनिमस मार्फत आफ्नो यात्राको बारेमा खुलेर कुरा गरेका छन् ।
प्रतिक्रिया 4