
१२ असार, काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो ।
कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो ७ रुपैयाँ बढेको छ भने दसहरी आँप प्रतिकिलो १४ रुपैयाँ बढेको छ ।
बुधबार मालदह आँप प्रतिकिलो ६९ रुपैयाँमा किनबेच भएको थियो । आज मालदह आँप प्रतिकिलो ७६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै दसहरी आँप आज प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार दसहरी आँप आज प्रतिकिलो ७२ रुपैयाँमा किनबेच भएको थियो ।
जेठ दोस्रो साता आँप प्रतिकिलो २ सयदेखि १ सय ५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4