
१४ असार, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक लाएका छन् ।
सभामुख घिमिरेले एमालेका महेश बर्तौला, कांग्रेसका श्याम घिमिरे र माओवादी केन्द्रका हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
बैठक बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्नेछ ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग पनि सभामुख घिमिरे आजै छलफल गर्नेछन् । रास्वपाको संसदीय दलको बैठक भएकोले त्यसपछि परियारसँग छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
आज प्रतिनिधि सभा बैठक ११ बजे बोलाइएको छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4