+

लाओसविरुद्ध पहिलो हाफमा नेपाल २ गोलले अगाडि

२०८२ असार  १५ गते १९:१६ २०८२ असार १५ गते १९:१६
लाओसविरुद्ध पहिलो हाफमा नेपाल २ गोलले अगाडि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले लाओससँग पहिलो हाफमा २-० को अग्रता बनाएको छ।
  • नेपालका अनिता बस्नेत र कप्तान साबित्राले गोल गरे भने साम्बाको यो ५९औं गोल हो।
  • यसै खेलबाट सावित्राले कप्तानी डेब्यु गरेकी हुन् ।

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलमा नेपाल पहिलो हाफमा २-० ले अगाडि छ ।

नेपालका लागि अनिता बस्नेत र कप्तान साबित्रा भण्डारीले १-१ गोल गरे । कप्तानी डेब्यूमै गोल गरेकी साम्बाको राष्ट्रिय टोलीका लागि यो ५९औं गोल हो ।

खेलमा नेपालले थुप्रै अवसरहरू सिर्जना गरिरहेको छ । फिनिसिङमा केही चुक्दा अग्रता फराकिलो बनाउनबाट भने चुकिरहेको छ । लाओसले स्पष्ट रूपमा कुनै मौका सिर्जना गर्न सकेको छैन ।

नेपाली टोलीमा आज व्यापक परिवर्तन गरिएको छ । यसअघि कप्तान गर्दै आएकी एन्जिला तुम्बापो सुब्बा, प्रीति राई जस्ता खेलाडी बेन्चमा रहँदा अन्जना राना मगर र सरस्वती हमालले पहिलो रोजाईँमा अवसर पाएका हुन् ।

कप्तानीको जिम्मा साबित्रालाई दिइँदा सरस्वती हमालले डेब्यू गरेकी छन् ।

एएफसी महिला एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय