+
+
Shares

अब समितिलाई ब्याक गर्ने सम्भावना छैन, बरू विधेयक फिर्ता लिनुस् : सभापति थापा

उनले भने, ‘बरू हामी समितिका सदस्यहरू राति यही बस्न तयार छौं। तर, अब समितिलाई ब्याक गर्ने सम्भावना छैन। आजै पारित गरौं।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा समिति सभापति अम्बरबहादुर थापाले विद्यालय शिक्षा विधेयक आजै पारित गर्न तयार रहेको बताए।
  • उहाँले सरकारलाई विधेयक फिर्ता लिन र दललाई सहमति गर्न आग्रह गर्नुभयो।
  • सभापति थापाले विधेयकमा कुनै प्रगति नभएको र खर्च भएको रकम उल्लेख गरे।

१६ असार, काठमाडौं। शिक्षा समिति सभापति अम्बरबहादुर थापाले विद्यालय शिक्षा विधेयक आज जसरी पनि पारित गर्न आफूसहित सिंगो समिति तयार रहेको बताएका छन् ।

सभापति थापाले शिक्षा समितिको बैठकमा बोल्दै विद्यालय शिक्षा विधेयक आज जसरी पनि पारित गर्ने अडान लिएका हुन् ।

उनले भने, ‘बरू हामी समितिका सदस्यहरू राति यही बस्न तयार छौं। तर, अब समितिलाई ब्याक गर्ने सम्भावना छैन। आजै पारित गरौं।’

संविधान बनाउदा नि अन्तिम अन्तिम समयमा यस्तै भएको सुनाउँदै सभापति थापाले दललाई, दलको नेताबाट सहमति गराउने भए उतै गराउने समेत चेतावनी दिए ।

उनले भने, ‘संविधान बनाउदा नि अन्तिम अन्तिम्मा यस्तै भएको थियो। दललाई दलको नेतालाइ बनाउने हो भने उतै बनाऔं । तर, अब सहतमिका नाममा नअडकिऔं।’

उनले सरकारलाई पटक पटक समय दिए पनि विद्यालय शिक्षा विधेयकमा कुनै ठोस प्रगति नभएको भन्‍दै आक्रोश व्‍यक्त गरे ।

उनले शिक्षक स्वत: स्थायी हुने कुन कानुनमा छ? भन्‍दै प्रश्‍न गरे ।

‘स्वत: स्थायी कुन कानुनमा छ? आज आधा घण्टा भित्र । कसको दबाबमा ? शिक्षक हुन नसक्नेलाई कानुनमा बोकेर किन हिड्ने? ६०/४० त मेरो सिद्धान्त नै होइन ।’ उनले भने ।

उनले यही विधेयक ल्याउनमा अहिलेसम्म १ करोड खर्च भइसकेको भन्‍दै अब पनि यस्तै अड्काए सरकारलाई विधेयक फिर्ता लिन आग्रह गरे ।

उनले भने, ‘६०/४० त मेरो सिद्धान्त नै होइन । १ करोड खर्च भइसकेको छ । बरु विधेयक फिर्ता लिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?